Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, ११ : २५ मा प्रकाशित

सुनको मूल्य घट्यो

अर्थ संसार, काठमाडौं - साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आइतबार ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घटेर ५९ हजार ६०० रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार ३०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार १०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ८४५ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ७१० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६०९ रुपियाँ कायम गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको