Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बृद्धिदर हात पार्न 'ओपो' सफल

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, १४ : २१ मा प्रकाशित

स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बृद्धिदर हात पार्न 'ओपो' सफल

अर्थ संसार, काठमाडौं– गत महिना काउन्टरपाईण्ट रिसर्चले ओपोलाई वैश्विक स्तरमै सन् २०१८का लागि स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बृद्धिदर हातपार्न सफल कमपनी घोषित गरेको छ । आश्चर्यजनक ८६३ प्रतिशत बृद्धिका साथ कम्पनीले प्रिमियम श्रेणाीमा ६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । 

यस आश्चर्यजनक बृद्धिदरका लागि नयाँ बजारहरुमा प्रवेश, क्यारियर पार्टनर्स संगको सहकार्य लगायत विभिन्न कारक तत्वहरु रहेता पनि प्रमुख कारणका रुपमा कम्पनीको उत्पादन नै रहेको छ । अझ कम्पनी तथा समग्र स्मार्टफोन उद्योगकै लागि हाइलाइटका रुपमा ओपो फाइण्ड एक्स रहेको छ । प्यारिसको सुन्दर ल्यूभ म्यूजियमबाट सार्वजनिक गरिएको फाइण्ड एक्सले यसमा रहेको पानोरामिक आर्क स्क्रिन र आकर्षक पप्अप् क्यामेरा र स्लिक डिजाइनका लागि विशेष वाहवाही पनि बटूल्यो ।

फाइण्ड एक्सका साथै, ओपोको आर सिरिज र त्यसमा पनि सन् २०१८को अन्त्यतिर सार्वजनिक ओपो आर१७ प्रो का लागि प्राप्त सफलताको पनि यसमा उल्लेख्य भुमिका रहेको छ । फोनमा रहेको ग्राडियण्ट डिजाइन र अल्ट्रा नाइट मोड ओपो फ्यान्सका साथै ब्राण्डका नव प्रवेशी माझ समेत निकै लोकप्रिय रहन सफल भयो । 

बजारको कुरा गर्दा चीनिया बजारमा दरिलो उपस्थितीका साथै नव प्रवेशी बजारमा समेत कम्पनीले उत्कृष्ट नतिजा निकाल्न सफल रह्यो । फ्रान्स, स्पेन, ईटाली र नेदरल्याण्ड्स लगायत यूरोपियली बजारमा प्रवेश गर्दै ओपोले आफ्नो बजार संख्या पहिलो पटक ४०ओटा भन्दा माथी पुर्याउन सफल भएको ओपोले जनाएको छ । बजार प्रवेशलाई थप सुदृद्ध तुल्याउन कम्पनीले स्पेनमा टेलिफोनिका र फ्रान्समा अरेन्ज लगायत नयाँ क्यारियर सम्बन्धहरुका साथै ओपो स्मार्टफोन्सको बजार तथा सेवाका लागि अग्रणी खुद्रा विक्रेताहरु संगपनि सम्बन्धतथा सहकार्य स्थापित गरेको छ ।

प्रिमियम स्मार्टफोन सेग्मेन्टमा नयाँ बृद्धिचक्रका रुपमा ब्यापारिक फाइभ जी स्मार्टफोन्सको प्रवेश संगै दोब्बर अंकको बृद्धिदरले निरन्तरता पाइरहने काउन्टरपोइण्टको अनुमानछ । नयाँ ओपो रेनो सिरिजको घोषणाका साथमा आफ्नो उत्पादन पोर्टफोलियो थप बलियो बनाउने तयारीमा रहेको ओपोका लागियसले थप सकारात्मक नतिजा निकाल्न सघाउने निश्चित छ ।

ओपो रेनोका साथमा कम्पनीले टेनएक्स हाइब्रिड जुम, स्न्यापड्रागन ८५५, पिभोट राइजिङ स्ट्रक्चरका साथमाभोक ३.० लगायत नयाँ फ्ल्यागशिप फिचर्सहरु उपलब्ध गराउने छ । साथै, स्विट्जरल्याण्डमा भरखरै घोषणा गरे अनुसार ओपो रेनो फाइभ जी भ्यारियण्ट कम्पनीकै पहिलो फाइभजी स्मार्टफोन हुनेछ । 

लामो समयदेखि निकै प्रतिक्षा गरिएको रेनोसिरिज, श्याङहाईमा १० अप्रिल र दुबईमा १६ अप्रिल पश्चात २४ अप्रिलका दिनज्यूरिकमा आयोजित सार्वजनिक समारोह मार्फत यूरोपमा समेत सार्वजनिक भइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको