Like us!
Follow us!
Connect us!
Watch us!

एन आईसी एशिया बैंकका ग्राहकलाई ग्रिनसिटी हस्पिटल, स्टार हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट

मंगलबार, १४ जेठ २०७६, १४ : ५७ मा प्रकाशित

एन आईसी एशिया बैंकका ग्राहकलाई ग्रिनसिटी हस्पिटल, स्टार हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट

अर्थ संसार, काठमाडौं–एन आईसी एशिया बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो ग्राहक वर्गको स्वास्थ्यको ख्याल गर्दै हस्पिटलसँग सम्झौता  गरेको छ । बैंकले  ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर,  कान्तिपुर डेन्टल कलेज  तथा टिचिङ हस्पिटल, काठमाडौंसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार अब बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान  पाउनेछन् ।  
 
एन आई सी एशिया बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहक वर्गले ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २०% सम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १०% सम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

ग्रिनसिटी हस्पिटलसँगको सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले, कान्तिपुर डेन्टल हस्पिटलसँगको सम्झौता पत्रमा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले तथा स्टार हस्पिटलसँगको सम्झौतापत्रमा हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जि.सीले हस्ताक्षर गर्नुभयो । उपरोक्त सम्पूर्ण सम्झौतापत्रहरुमा बैंकका तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत  सन्तोष कुमार राठीले हस्ताक्षर गर्नुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको