Like us!
Follow us!
Connect us!
Watch us!

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको ‘रिपब्लिक डे ’ अफर

कमला भुसाल

मंगलबार, १४ जेठ २०७६, १५ : ३७ मा प्रकाशित

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको  ‘रिपब्लिक डे ’ अफर

अर्थ संसार, काठमाडौं- नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले मंगलबारदेखि लागू हुने गरि ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत टेलिकमले ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराउने भएको हो ।

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले १४१५ मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको