Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १० : ४६ मा प्रकाशित

सुनको मूल्य घट्यो

अर्थ संसार, काठमाडौं- साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज १०० रुपैयाँले घटेर ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।  

त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५१ हजार १० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ७५५ रुपैयाँ कायम गरेको छ। 

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ७०० रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६०० रुपैयाँ कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको