Like us!
Follow us!
Connect us!
Watch us!

गोकर्णेश्वरका जनताले पानी नपाए मेलम्चीको पाइप फुटाइदिन्छु - राजु पाण्डे

अर्थ संसार

विहीबार, २५ असार २०८३, १२ : ३० मा प्रकाशित

गोकर्णेश्वरका जनताले पानी नपाए मेलम्चीको पाइप फुटाइदिन्छु - राजु पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले काठमाडौंको गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणमा अवरोध गर्ने चेतावनी दिएका छन् । संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले खानेपानी वितरणमा कर्मचारीहरूको बदमासी र लापरबाही असह्य भएको भन्दै आक्रोश व्यक्त गरे ।

मेलम्चीको पानी आउने मुख्य क्षेत्रका बासिन्दा नै प्यासी हुनुपर्ने अवस्था आएको भन्दै उनले अब आफू चुप लागेर नबस्ने बताए। सांसद पाण्डेले गोकर्णेश्वरका जनताले पानी नपाए ड्याम नै बन्द गरिदिने र पाइप समेत फुटाइदिने धम्की दिए । ‘जनताले खानेपानी नपाउने हो भने त्यहाँको ड्याम हामी बन्द गरिदिन्छौँ, त्यहाँबाट पानी आउन दिँदैनौँ । पाइप रोक्नुपर्ने हो कि फुटाउनुपर्ने हो, त्यो म आफैँ फुटाउनेवाला छु । गोकर्णको पानी गोकर्णकै जनताले खान नपाउने, अनि अन्य भेगमा लैजाने कुरा मलाई स्वीकार्य छैन,’ उनले भने, ‘अस्ति शनिबार जाँदा त्यहाँका बुवाआमाहरू पानी नपाएर रोएको देखेँ । गाग्री बोकेर कति समय पानी खोज्न हिँड्ने ? यो एकदमै संवेदनशील विषय हो ।’

कर्मचारीको कार्यशैलीप्रति कडा प्रहार गर्दै पाण्डेले ‘ब्युरोक्रेसी’ अझै नसुध्रिएको आरोप लगाए । उनले केयूकेएलका कर्मचारीहरूले मनलाग्दी ढंगले पानी वितरण गर्ने गरेको र त्यहाँ एउटा ‘नेक्सस’ (सञ्जाल) सक्रिय रहेको दाबी गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको