Like us!
Follow us!
Connect us!
Watch us!

युरोपमा ११५० डलरको हुवावे पी३० प्रोको मूल्य घट्यो

कमला भुसाल

मंगलबार, २१ जेठ २०७६, १६ : ०८ मा प्रकाशित

युरोपमा ११५० डलरको हुवावे पी३० प्रोको मूल्य घट्यो

एजेन्सी । चिनियाँ स्मार्टफोन निर्माता हुवावे अमेरिकाको व्यापार प्रतिबन्धपछि खराब चरणबाट गुर्जिरहेको छ ।

त्यसमाथि कम्पनीले अर्को संकट सामना गर्न थालेको देखिएको छ । युरोपमा हुवावेको सबैभन्दा उत्कृष्टमध्य एक पी३० प्रो मोडलको ट्रेड–इन मूल्य १३० अमेरिकी डलरमा झरेको छ । एक हप्ता अघि मात्र उक्त सेटको मूल्य ११५० अमेरिकी डलर थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसालै एक कार्यकारी फैसलामा हस्ताक्षर गरेर अमेरिकी कम्पनीलाई हुवावेले बनाएको टेलिकम उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाए । अमेरिकी राष्ट्रिय सुरक्षा जोखिम देखिएको भन्दै यी प्रतिबन्ध लगाइएको थियो ।

ट्रम्पको प्रतिबन्धको केही पछिनै अमेरिकाको ‘कमर्श डिपार्टमेन्ट’ले हुवावेलाई ‘इन्टीटी लिस्ट’मा समावेश गर्यो । यसले हुवावेलाई अमेरिकी आपुर्तिकर्ताले किन्न नपाउने गर्यो । त्यस्तै अब हुवोवले अमेरिकामा व्यवसाय गर्न नपाउने प्रतिबन्ध पनि लागु भएको छ । 

व्यापार प्रतिबन्धको कारण अमेरिकी कम्पनी गुगल, इन्टेल, क्वालकोम, ब्रोडकमले हुवावेसँग व्यापार गर्न पाउने छैनन् । एसडी एसोसियसन, वाईफाई एलाइन्स, जेईडीईसीले पनि हुवावेबाट दुरी बनाउनु पर्नेछ । 

२५६ जीबी भण्डारण र ८ जीबी र्याम भएको हुवावे पी३० प्रो तीन महिना अघि मात्र बजारमा ल्याइएको थियो । त्यसको मूल्य र भण्डारण दुवै सामसंग एस१० प्लस बराबर छ । तर दुईबीचको बजार टे«ड–इन मूल्यमा निक्कै फरक देखिन्छ ।

पी३० प्रोको बजार मूल्य १३० डलर हुदाँ सामसङ ग्यालेक्सी एस१० प्लसको ट्रेड इन मूल्य ६५० अमेरिकी डलर थियो ।

ट्रड–इन मूल्य भन्नाले ठूला कम्पनीले आफ्ना पुराना सामान ल्याएर नयाँ सामान किन्दा तिर्नुपर्ने मूल्य हो ।

“नयाँ मोबाइलको बजार उसको सेकेण्ड ह्याण्डका मोबाइलको रिसेल बजारमा आधारित हुन्छ । यही कुरा कारमा पनि लागु हुन्छ । यदी प्रयोग भइसकेको कारको बजार उच्च अवस्थामा छ भने त्यसले नयाँ कारको विक्रीलाई प्रभावित बनाउँछ ।” फोब्स साइबर सेकुरिटी विशेषज्ञ जक डोफम्यानले भने ।

हुवावे पी३० प्रोको मूल्य एक हप्ताभित्र यति धेरै ह्रास हुनु राम्रो सूचक होइन । पी३० प्रोको व्यापार मूल्यमा आएको ह्रास चिनियाँ स्मार्टफोन निर्माता हुवावेको लागि खतराको घण्टी मानिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको