अर्थ संसार, काठमाडौं- ‘रोयल इनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ ।
रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त मोडलको नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो । खैरो रंगमा सजिएको मोटरसाईकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ ।
कम्पनीले आजैबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत् सो मोडलका मोटरसाईकलको विक्री वितरण खुला गरिएको पनि जनाएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको सो मोटरसाईकल सुरक्षित र भरपर्दो हुने सो कम्पनीको दावी छ ।
विश्वमा मिड साईज मोटरसाइकल उत्पादन गर्ने कम्पनीहरु मध्ये रोयल इनफिल्ड विश्वको नम्बर १ रहेको कम्पनीले दाबी गरेको छ । रोयल इनफिल्ड विगत ५ वर्ष देखि ४० प्रतिशतका दरले बृद्धि हासिल गरिरहेको छ ।
अहिलेको प्रतिस्प्रर्धात्मक अवस्थामा अन्य कम्पनीहरुले यस प्रकारको उपलब्धी हालसिल गर्न सकिरहेका बताउँदै विवेक अटोमोबाइल्स प्रा.लि. पनि ऐतिहासिक कम्पनीको नेपालका लागि ड्रिष्ट्रीब्युटर भएर काम गरिरहेकोमा खुसी व्यक्त गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस