Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथको ६१ लाख २९ हजार कित्ता हकप्रद आउँदै, कति पायो रेटिङ ?

कमला भुसाल

बुधबार, २९ जेठ २०७६, १५ : ५७ मा प्रकाशित

मुक्तिनाथको ६१ लाख २९ हजार कित्ता हकप्रद आउँदै, कति पायो रेटिङ ?

अर्थ संसार, काठमाडौं -  मुक्तिनाथ विकास बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ। बैंकले एक बराबर ०.२ को अनुपातमा कुल ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद बिक्री गर्ने भएको हो। उक्त  शेयर बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गर्नेछ ।

मुक्तिनाथ विकास बैंकले २० प्रतिशत हकप्रद सेयरको रटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको हो । धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० करोड २० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २०% हकप्रद जारी गरेपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको