अर्थ संसार, काठमाडौं– विभिन्न रेञ्जका ठूला तथा साना होमएप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाली उपभोक्ताहरुमाझ बिक्री–वितरण गर्दै आएको बाल्ट्राहोम एप्लाइन्सेस्ले राजधानीको कान्तिपथमा आफ्नो पहिलो र भव्य शोरुमको उद्घाटन गरेकोछ।
जेठ २९ गतेका दिन शुभारम्भ गरिएको बाल्ट्राको शोरुमलाई नेपालकी बहुचर्चित नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी थिइन।
बाल्ट्राका उत्पादनहरुको विभिन्न रेञ्जरहेको उक्त शोरुमबाट ग्राहकहरुले एउटै छतमुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्नु हुनेछ।
ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होमएप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ र शिघ्रनै बाल्ट्राले देशका विभिन्नस्थानहरुमा शोरुमहरु खोल्ने लक्ष्य लिएकोछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस