Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले गर्यो कावासोती शाखाको औपचारिक उद्घाटन

अर्थ संसार

विहीबार, ३० जेठ २०७६, १६ : २८ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले गर्यो कावासोती शाखाको औपचारिक उद्घाटन


अर्थ संसार, काठमाडौं-महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा नवलपुर जिल्ला, कावासोती नगरपालिका वडा नं ८, स्थित कावासोती शाखा कार्यालयको बिहीबारे औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त शाखाको समुद्घाटन प्रमुख अतिथिका वासोती नगरपालिकाका नगर प्रमुख  चन्द्रकुमारी पुनले दीप प्रज्वलनका साथ गर्नु भएको थियो ।

कार्यक्रमकै क्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताउनु भएको थियो र महालक्ष्मी िवकास बैंकले ग्राहकहितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादन मूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिनु भएको थियो ।

यसका अतिरिक्त बैंकले शाखा खोलिएका क्षेत्रमा सामाजिक हितकाकार्यहरु पनिनिरन्तर रुपमागर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यहरु गर्ने प्रति बद्धता जनाउनु भएको थियो । विशेषतःवहाँले सो क्षेत्रमा महिला साक्षरता अन्तर्गतका कार्यक्रमहरुमा बैंकले पर्याप्त सहयोग गर्ने जनाउनु भएको थियो ।

देशका शहरी तथाग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको