Like us!
Follow us!
Connect us!
Watch us!

‘पासवर्ड’को आइटम गीतमा बलिउड अभिनेत्री सन्नीको बोल्ड ठुम्का (भिडियोसहित)

कमला भुसाल

विहीबार, ३० जेठ २०७६, १७ : २४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -  बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’मा समावेशी ‘आजको साम’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।

विक्रम जोशीको शब्द, अर्जुन पोखरेलले संगीत रहेको यस गीतमा संगीत संयोजन महाराज थापाको रहेको छ । एक्सन, कमेडी र थ्रिलर जनराको फिल्ममा सन्नी लियोनी, अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मको कथा सिमा गुरुङले तयार पारेकी हुन् । भिडियो ५ करोडको लगानीमा बनाइएको हो ।

सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा अमृत बस्नेत र हिराल जोशीको लगानी रहेको छ । अमर जीत सिंहले छायांकन गरेको फिल्ममा अर्जुन जिसीले सम्पादन गरेका हुन् । यो फिल्म भदौ २७ देखि प्रर्दशन हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको