Like us!
Follow us!
Connect us!
Watch us!

सुमन र विद्याको ‘झुम्का’मा पुष्प र एलिशा

मिलन खड्का

शुक्रबार, ३१ जेठ २०७६, ०९ : ०१ मा प्रकाशित

अर्थ संसार, काठमाडौ-गायक सुमन केसी र गायिका विद्या तिवारीको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘झुम्का’ बोलको गीतमा पुष्प खड्का र एलिशा शर्मा फिचर छन् । गीत तथा भिडियोमा एक प्रेमिकाले प्रेमीसँग गरेको माग र त्यसलाई पूरा गर्न प्रेमीले दिएको वाचालाई देखाइएको छ ।

सार्वजनिक उक्त गीतमा वसन्त सापकोटाको संगीत रहेको छ भने शब्द अम्बिका गौतमले लेखेकी हुन् । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वत रसाइलीले मिक्सिङ गरेका छन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारी डिओपी रहेको भिडियोमा मनोज पौडेलको छायांकन तथा सुरेश काफ्लेको ड्रोन उडाएका छन् । भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको