Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको थप १७ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

विहीबार, ०५ असार २०७६, १८ : २२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको थप १७ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिका– १९ सन्हैठा चोक, कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल, पर्सा जिल्लाको पर्सा गढी नगरपालिका– १ मनवाबजार, पर्वत जिल्लाको मोदी गाउँपालिका – ७ राम्जा ठाँटी, परासी जिल्लाको सुनवल नगरपालिका – ११ जर्गाहा, संखुवासभा जिल्लाको चैनपुर नगरपालिका – ११ लोहाकोट, पाल्पा जिल्लाको पुर्व खोला गाउँपालिका – ५ वीरकोट, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका – १४ पराल्मी, मोरङ्ग जिल्लाको बेलबारी नगरपालिका – १० चाँदनीचोक एव्म बेलबारी नगरपालिका – ११ लक्ष्मी मार्ग, झापा जिल्लाको मेचीनगर नगरपालिका – २ भृकुटी चोक, तनह ूँजिल्लाको देबघाट गाउँपालिका– २ देबघाट, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका – ९ हडिया बजार, तनहूँ जिल्लाको व्यास नगरपालिका – ५ नेपालटार, चितवन जिल्लाको इच्छा  कामना गाउँपालिका– ७ भालुमारे, चितवन जिल्लाकै कालिका नगरपालिका – ९शक्तिखोर र गुल्मी जिल्लाको सत्यवती गाउँपालिका – ६ चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

यी १७ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् ।थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ ।

यसका साथै बैंकले दमक शाखा, काठमाडौं, कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिसरमा ए.टि.एम. सेवा पनि सञ्चालनमा ल्याएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ । बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४८ एटिएम तथा १५५शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि\सम्पर्क कार्यालय मार्फतआफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमारु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमाप्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतकामुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएकोछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको