अर्थ संसार, काठमाडौं– घोडिघोडा लघुवित्त वित्तीय संस्थाले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।
लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोडले अनुमति दिएको छ ।
कम्पनीले जारी पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँको ४८५ आइपीओ निष्कासन गर्न लागेको हो । हाल संस्थापक सेयरधनीबाट १ करोड ४३ लाख ६५ हजार रुपैयाँ चुक्ता भइसकेको छ ।
घोडिघोडाको आइपीओमा प्रभु क्यापिटले प्रबन्धकको काम गर्नेछ । यस लघुवित्तको केन्द्रीय कार्यालय बैलौरी, कञ्चनपुरमा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस