Like us!
Follow us!
Connect us!
Watch us!

देवः विकास बैंकको साधारण सभा हुँदै, लाभांश वितरण र वेष्टर्नबैंकलाई प्राप्ती मुख्य प्रस्ताव

मिलन खड्का

विहीबार, १२ असार २०७६, १० : २० मा प्रकाशित

देवः विकास बैंकको साधारण सभा हुँदै, लाभांश वितरण र वेष्टर्नबैंकलाई प्राप्ती मुख्य प्रस्ताव

अर्थ संसार, काठमाडौं-आज देवः विकास बैंकको बाह्रों वार्षिक साधारण सभा बस्दै छ। गत आवको नाफाबाट लाभांश वितरण  र वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्तीसँग सम्बन्धित विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गर्न आज असार १२ गते बाह्रों वार्षिक साधारण सभा बस्दै छ ।

नेपाल पुलिस क्लव भृकृटीमण्डपमा बिहान ११ बजे बोलाइएको सभाले सञ्चालक समतिले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८ रुपैयाँको ५.५ प्रतिशत अर्थात १३ लाख ९३ हजार ५२४ कित्ता बोनस बोनस वितरण गर्ने प्रस्ताव गर्नेछ ।

बैंकले अझै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ती तथा विदेशी रणनैतिक साझेदार भित्र्याउन आवश्यक कार्यहरु गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रत्योजन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन्।

जेठ १३ गते बसेको संचालक समितिको २७६ औं बैठकले असार ६ गते देखि १२ गते सम्म शेयरधनी दर्ता किताव बन्द (बुक क्लोज) गर्ने मिति निर्धारण गरेको छ । यस अनुसार असार ५ गते कायम शेयरधनीले मात्र बैंकको लाभांश पाउनेछन् ।

उता वेष्टर्न डेभलपमेन्ट बैंकले पनि देव विकास बैंकसँग प्राप्ती हुने सम्बन्धमा आजै  होटल सीटी दाङमा साधारण सभा बोलाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको