सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई थप प्रभावकारी र तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले यस्तो आग्रह गरेका हुन्।
अभियानको नियम सबैका लागि बराबर हुनुपर्ने भन्दै गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीमा प्रयोग भएको कालो सिसासमेत तत्काल हटाउन निर्देशन दिए।
ट्राफिक प्रहरीले असार १४ गतेदेखि काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा टाँसिएका कालो स्टिकर हटाउने अभियान सुरु गरेको छ। पहिलो चरणमा सिसामा टाँसिएका काला स्टिकर हटाउने काम भइरहेको छ। यता, कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको व्यवस्थापनबारे ट्राफिक प्रहरीले सोमबार गाडी बिक्रेता कम्पनीहरूसँग छलफल पनि गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस