Like us!
Follow us!
Connect us!
Watch us!

बाल्ट्राको शोरुम अब पोखरामा

विहीबार, १२ असार २०७६, १७ : १५ मा प्रकाशित

बाल्ट्राको शोरुम अब पोखरामा

अर्थ संसार, काठमाडौं– विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाल उपभोक्ताहरु माझ बिक्री–वितरण गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले पोखराको मुटु नयाँबजारमा आफ्नो दोस्रो र भव्य शोरुमको उद्घाटन गरेको छ ।

जेठ २९, २०७६ गतेका दिन  कान्तिपथ  काठमाडौंमा  पहिलो शोरुम  शुभारम्भ गरिएको  थियो। नयाँबजार,पोखरा स्थित बाल्ट्राको शोरुमलाई असार १२ गते  उद्घाटन भएको थियो ।

बाल्ट्राका उत्पादनहरुको विभिन्न रेञ्ज रहेको उक्त शोरुमबाट ग्राहकहरुले एउटै छत मुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्नुहुनेछ ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ र शिघ्र नै बाल्ट्राले देशका विभिन्न स्थानहरुमा शोरुमहरु खोल्ने लक्ष्य लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको