Like us!
Follow us!
Connect us!
Watch us!

नेयमारद्वारा बार्सिलोना आउन इच्छा प्रकट

मिलन खड्का

विहीबार, १२ असार २०७६, २१ : ३० मा प्रकाशित

नेयमारद्वारा बार्सिलोना आउन इच्छा प्रकट

अर्थ संसार, बार्सिलोना- ब्राजिलियाली अग्रपङ्तीका खेलाडी (स्ट्राइकर) नेयमार दा सिल्भा सान्तोस जुनियरले पेरिस सेन्ट जर्मन क्लबबाट पुनः बार्सिलोना फर्कन चाहेको बार्सिलोना फुटबल क्लबका उपाध्यक्षले बिहीबार बताउनुभएको छ ।

करिब दुई बर्ष पहिले २५ करोड २० लाख अमेरिकी डलर पाउने भएपछि बार्सिलोना क्लबबाट बाहिरिएका नेयमारले फर्किन चाहेको कुरा विभिन्न सञ्चारमाध्यममार्फत आएको बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डनरले बताउनुभएको हो ।

ब्राजिलियाली घरेलु टोलीमा निकै ख्याति कमाएका नेयमारलाई पेरिस सेन्टमा रहँदा आर्थिकरूपमा त निकै फाइदा भएको छ तर उक्त क्लबबाट सोचेअनुसार प्रसिद्धि भने नआएकोले उहाँले बार्सिलोनामा आउने इच्छा व्यक्त गर्नुभएको भन्ने सुनिएको छ । नेयमार पूरानो क्लबमा फर्कन चाहेमा र क्लबले ल्याउने निर्णय गरे पनि उहाँले अहिले पाइराखेको पारिश्रमिकमा भने फिर्ता ल्याउन नसकिने क्लबका अधिकारीले बताएका छन् ।

क्याम्प नोउमा पत्रकार सम्मेलनमा बोल्दै कार्डनरले भन्नुभयो, “हालै मैले समाचारमा पढे अनुसार र विभिन्न माध्यमबाट जानकारी पाए अनुसार नेयमार ले बार्सिलोनामा फर्किन चाहेको भन्ने सुनिएको छ । तर सही के हो मलाई थाहा छैन ।”

उहाँले थप्नुभयो, बार्सिलोनाले अहिलेसम्म नेयमारसँग सम्पर्क गरिसकेको छैन । तर आवश्यक प्रक्रिया पुरा गरेर फर्किन चाहेमा बार्सिलोनाले उहाँलाई उचितस्थान दिन सक्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको