Like us!
Follow us!
Connect us!
Watch us!

परिश्रमको मिठो फल : तरकारी खेतिबाटै श्रीषालाई मनग्य आम्दानी

कमला भुसाल

शुक्रबार, १३ असार २०७६, ११ : ०९ मा प्रकाशित

परिश्रमको मिठो फल : तरकारी खेतिबाटै श्रीषालाई मनग्य आम्दानी

कमला भुसाल

अर्थ संसार, काठमाडौं - भनिन्छ श्रीमान् र श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । रथको एक पाङ्ग्रा नहुँदा रथ नै चल्न सक्दैन । परिवारको सफलतामा श्रीमान् र श्रीमती दुवैको एकअर्कालाई साथ हुनु पर्दछ ।

जीवनभर सँगै जिउने र सँगै मर्ने वाचा–कसम खाएर श्रीमान्–श्रीमतीका रुपमा कायम भएको सम्बन्ध बीचमै टुटेर एकल रुपमा जीवनयापन गर्नुपर्दा एउटा महिलालाई कति दुःख झेल्नु पर्दछ होला, त्यो कुरा त स्वयं भोग्नेलाई मात्र थाहा हुन्छ ।

श्रीमान् र घरपरिवारको साथ बिना एक्लो जीवन बिताए पनि आफ्नै मिहेनत र परिश्रमले समाजमा उदाहरणीय बनेका महिला पनि छन् । जीवनभर साथ दिन्छु भन्ने कसम खाने श्रीमानले जीवनको मध्यतिर आएर दोस्रो बिहे गरेर अर्कै बाटो हिँड्दा पनि जीवनदेखि कुनै हरेस नखाएर आफै एक्लै परिश्रम गरी पसिना बगाएर मिहेनतको फल प्राप्त गर्न सफल भएकी छिन श्रीषा खनाल ।

उमेरको हिसाब गर्ने हो भने उनि अब केही पनि काम नगरी बस्नुपर्ने बेला भएको छ। श्रीषा ४६ वर्ष भईन। उमेर हुँदै खेरि श्रीमानले अर्को बिहे गरेपनि उनि कसैको सहारामा बस्नुपरेको छैन।

उनले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा जग्गा भाडामा लिएर विगत १७ वर्षदेखि तरकारी खेतीमा रमाउँदै आएकी छिन। उनको दैनिकी तरकारी लगाउने र बेच्ने गर्दैमा बित्ने गर्दछ । बिहान उठ्यो तरकारी बारीमा पुग्यो दिनभर तरकारीको स्याहार सम्हार गरेर बेलुका तरकारी बोकेर बजारमा लगेर घर फर्किंदा उनका दिनहरु बित्ने गर्दछन। दैनिक यसरि एउटै काम गर्दा पनि आफूलाई पट्यार नलागेको उनि बताउछिन।

उनले लामो समय सम्म ७ रोपनी जग्गा भाडामा लिएर तरकारी, काँक्रा, गोलभेडा लगायात धान मकै पनि रोप्ने गरेको बताइन। तरकारी खेतिबाटै दुई छोराछोरीलाई उनले राम्रो शिक्षा दीक्षा दिएकि छिन।

१७ वर्ष तरकारी खेति गरेर उनले तीन आना जग्गामा ६५ लाखको लागतमा एक तला घर पनि निर्माण गरेकी छन्। उनले अहिले डेढ रोपनी जगाको २५ हजार रुपैयाँ भाडा तिरेर तरकारी, गोलभेडा, फर्सी लगाएकी छिन।

उनि भन्छिन,'तरकारीबाटै परिवारको आर्थिक अवस्था पनि मजबुत बन्दै गएको छ , अहिले पनि डेढ रोपनी जग्गामा तरकारी लगाएर सिजनमा २/३ लाखसम्मको आम्दानी लिने गरेकी छु।' उनले केही वर्ष अगाडी ७ रोपनी जग्गाको भाडा २५/२६ हजार तिर्नुपर्थ्यो। त्यस समयमा उनले हरेक सिजनमा ६/७ लाख सम्म आम्दानी भएको बताउछिन।

अहिले जग्गाको भाडा पनि बढेको छ। पहिले आफु जति स्वस्थ थिइन्र र पहिले जति काम गर्थिन अहिले त्यति काम गर्न उनले सक्दिनन। उनले अहिले छोराछोरीले पनि राम्रो लाइन लिन थालेको बताउँदै जग्गा घटाएर डेढ रोपनी लिएकी छन।

पहिलेको तुलनामा अहिले जग्गाको भाडा धेरै बढेको बताउँदै उनले बिउ,मल,तरकारी राम्रो फलाउनको लागि चाहिने औषधि लगाएतका अन्य चिजहरुको पनि भाउ बढेको हुँदा पहिलेको तुलनामा कमाई घटेको बताउछिन। तर पनि उनले बस्ने, खाने, लगाउने लुगा र छोराछोरीको खर्च बाहेक ३/४ लाख रुपैयाँ बचेको बताउँछिन। उनका एक छोरा र एक छोरी छन्। छोराले १२ कक्षाको परिक्षा दिएर डोजर चलाउन सिकेका छन् भने छोरी १२ पढ्दै गएकी छन्।

आफ्नो समय धेरैजसो बारीमै बिताउने श्रीषा सफल कृषक तथा सफल व्यवसायी बनेकी छन्। व्यावसायिक तरकारी खेतीबाटै खनालको जीवन बदलिएको छ। उनि भन्छिन, 'हिम्मत लिएर खटेर पसिना बगायो भने पसिना र परिश्रमको फल पनि अवस्य पाइन्छ।'

काम गर्न सक्ने र मन लगाएर काम गर्नेको लागि तरकारी खेति एकदमै राम्रो हुने उनले बताउछिन। नेपालमा काम नपाएर विदेश जाने उनि भन्छिन,'विदेशमा चाहि १२ घण्टा काम गर्न तयार हुनुे आफ्नो जन्म भूमिमा चाहि काम गर्न लाज मान्ने, अनि कहाँबाट पैसा कमाइन्छ त ?'

कामको अभाव तथा गरिबीको मारमा परेर छाक टार्न नसक्नेहरुले पनि थोरै लगानीमा जग्गा भाडामा लिएर भएपनि मन लगाएर तरकारी खेति गर्यो भने पैसाको अभाव भएर रुनु नपर्ने र  दुई चार जनाको ज्यान पाल्न पनि गाह्रो नहुने बताउछिन। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको