Like us!
Follow us!
Connect us!
Watch us!

घोषणा भन्दा अगाडि नै व्यान बिसाकाको म्यान्चेस्टर युनाईटेड जर्सीमामा तस्बिर लीक भएपछी

मिलन खड्का

शुक्रबार, १३ असार २०७६, १३ : ०१ मा प्रकाशित

घोषणा भन्दा अगाडि नै व्यान बिसाकाको म्यान्चेस्टर युनाईटेड जर्सीमामा तस्बिर लीक भएपछी

अर्थ संसार,  म्यान्चेस्टर-अरुण व्यान बिसाकाको म्यान्चेस्टर युनाईटेड खेलाडीको रुपमा घोषणा हुने आज हल्ला छ । तर उनको म्यान्चेस्टर युनाईटेड जर्सीमा खिचिएको तस्बिर एकाएक लीक भएपछि संसारभर ठुलो खबर बनेको छ ।

२१ वर्षीय बिसाका युनाईटेडको समरको दोस्रो साइन इन खेलाडी हुनेछन । राईट ब्याकको रुपमा खेल्ने बिसाकाले गत वर्ष क्रिस्टल प्यालेसबाट एकदम राम्रो खेल प्रस्तुत गरेका थिए जस्का कारण उनी राष्ट्रिय टोलीमा पर्न सम्म सफल बनेका थिए। 

बिसाका बुधवार म्यान्चेस्टरमा पुगेका थिए र उन्को त्यहा हिजो मेडिकल पनि सम्पन्न भएको खबर छ । इंग्लैंडका २१ वर्षीय बिसाका म्यान्चेस्टर युनाईटेडकै ईतिहासको सबैभन्दा महँगो ५ चौ खेलाडी हुनेछन।  
 
बिसाकाले क्रिस्टल प्यालेसमा १६ महिना पहिले डेबु गरेका थिए र तेस्पछी उनी एकएक चम्किएका थिए। उनी म्यान्चेस्टर युनाईटेडमा आएपछी म्यान्चेस्टर युनाईटेडको डिफेन्स राम्रो हुने युनाईटेड प्रशंसकहरुको ठम्याइ छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको