Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुर्नर्बीमा कम्पनीले पायो इक्रा रेटिङ्ग, आइपिओ निष्काशन गर्ने तयारी

मिलन खड्का

शुक्रबार, १३ असार २०७६, १३ : ४८ मा प्रकाशित

नेपाल पुर्नर्बीमा कम्पनीले पायो  इक्रा रेटिङ्ग, आइपिओ निष्काशन गर्ने तयारी

अर्थ संसार, काठमाडौं– नेपाल पुर्नर्बीमा कम्पनीले आइपिओ निष्काशन गर्न रेटिङ्ग कम्पनी इक्रा नेपालबाट रेटिङ्ग सम्पन्न गरेको छ। कम्पनीले सार्वजनिक निष्काशन पूर्व आईपिओको रेटिङ्ग गराएको हो । 

नेपाल पुनर्बीमा कम्पनीले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड बराबरको आइपीओलाई ग्रेड २ रेटिङ पाएको छ ।

इक्रा नेपालले प्रदान गरेको ग्रेड २’ रेटिङ्गले कम्पनीको वित्तीय अवस्थाको पक्ष औसत आधारभुत भन्दा माथि रहेको जनाउँछ । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ । कम्पनीले सर्वसाधारण र आफ्ना कर्मचारीका लागि आइपीओ जारी गर्न लागेको हो ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब, र चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।

हाल कम्पनीमा नेपाल सरकारको ४३.५५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी विभिन्न कम्पनी तथा संघसंस्थाको लगानी रहेको छ ।

आइपीओ पछि कम्पनीमा संस्थापक :सर्वसाधारण सेयरधनीको स्वामित्व संरचना ८४ः१६ हुनेछ ।

5d15d1ab97230.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको