अर्थ संसार, नारायणपुर- जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए ।
दाङको बबई नदीमा दुई पटक आएको यो बाढीले २५ जनाको ज्यान लियो । तीनजना अझै बेपत्ता छन् भने कयौँ घाइते भए । नौ हजार ३८५ जनाभन्दा बढी प्रभावित मात्र भए । उनीहरु बस्दै आएका करीव एक हजार ५०० भन्दा बढी भौतिक संरचनाहरु जमीनमा विलिन भए । यसले झन् गरीबी निम्त्यायो भने बालबालिकाहरुमा कुपोषण देखियो । रोजगार र बालबालिकाहरुको शिक्षा समेत अस्तव्यस्त भए ।
दाङमा बितेको एक वर्षमा दैवी प्रकोपमा परेर ३८ जनाले ज्यान गुमाए । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार एक वर्षमा विभिन्न विपद्मा परी ३८ जनाको मृत्यु भयो । एक वर्षमा विपद्कै कारण १७१ घरमा क्षति पुगेको छ ।
दाङमा नौ स्थानीय तहका ३७ वटा वडा बाढीको उच्च जोखिममा छन् । दाङमा दुई उपमहानगरपालिका र एक नगरपालिकासहित १० स्थानीय तह छन् भने १०० वटा वडा रहेका छन् । विशेष गरी दाङ उपत्यकामा बबई नदी र त्यसमा मिसिने सहायक खोलाहरुका कारण जोखिम छ भने देउखुरी उपत्यकामा राप्ती नदी र सहायक नदीहरुले नोक्सान पार्ने गरेको छ ।
“वर्षात्को मौसममा उर्लिने ठाडा खोलाहरु दाङमा धेरै छन्, किनारमा बस्तीहरु छन्, उनीहरु वर्षेनी जोखिममा पर्छन्, उनीहरुलाई समयमै सूचना पुर्याउन र सुरक्षा दिन नसक्दा पनि समस्या भैरहेको छ,” दाहालले भने – “जोखिम क्षेत्रमा बस्नेहरुले समेत सचेत नहुँदा वर्षेनी क्षति हुने गरेको छ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस