Like us!
Follow us!
Connect us!
Watch us!

भोलिदेखि आईपीओ निष्काशन गर्दै एभरेष्ट कलर, क-कसले भर्न पाउने ?

अर्थ संसार

मंगलबार, १५ बैशाख २०८३, १२ : ४७ मा प्रकाशित

भोलिदेखि आईपीओ निष्काशन गर्दै एभरेष्ट कलर, क-कसले भर्न पाउने ?

एभरेष्ट कलर लिमिटेडले भोलि वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट आफ्नो कुल जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत (अर्थात् ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता) सेयर निष्काशन गर्ने अनुमति कम्पनीले  पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बैशाख २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।  

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको