सरकारले लोक सेवा परीक्षामा अनुतीर्ण भएकाहरुलाई अस्थायी नियुक्ति दिन सकिने प्रावधान अघि बढाएको छ । सरकराले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकको मस्यौदामा उक्त प्रावधानको व्यवस्था गरेको हो ।
‘संघीय निजामती सेवा ऐन, २०८३’ नाम दिएको उक्त विद्येयकको मस्यौदामा राय सुझाव माग गर्ने काम भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । उक्त मस्यौदाको दफा १९ मा अस्थायी नियुक्तिको व्यवस्था गरिएको छ । उक्त मस्यौदा अनुरुप लोक सेवा आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरु मध्येबाट अस्थायी नियुक्ति गर्ने प्रयोजनको लागि छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ ।
अस्थायी नियुक्तिका लागि निजामती सेवाको कुनै रिक्त पदमा अस्थायी नियुक्ति गर्नु पर्ने भएमा सम्बन्धित मन्त्रालयले लोक सेवा आयोगमा लेखी पठाउनु पर्नेछ । अस्थायी पदपुर्तिका लागि लेखी आएमा लोक सेवा आयोगले योग्यताक्रमको सूचीमा रहेका व्यक्तिलाई सम्बन्धित मन्त्रालयको मागको आधारमा अस्थायी नियुक्ति गर्न नाम सिफारिस गरी पठाउनेछ । त्यसरी सिफारिस भएका व्यक्तिलाई एक वर्षमा नबढ्ने गरी त्यस्तो पदमा स्थायी पदपूर्ति नभएसम्मको लागि सम्बन्धित मन्त्रालयले अस्थायी नियुक्ति गर्नेछ । अस्थायी नियुक्ति गरेको जानकारी सम्बन्धित मन्त्रालयले सात दिनभित्र मन्त्रालयलाई दिनु पर्नेछ ।
यस ऐन विपरीत कसैले अस्थायी नियुक्ति गरेमा त्यसरी नियुक्ति भएको व्यक्तिले खाइपाई आएको तलब, भत्ता र अन्य सुविधा वापतको रकम नियुक्त गर्ने पदाधिकारीबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ । यो ऐन अनुरुप ज्यालादारी वा करारमा नियुक्ति गर्न पाइने छैन । निजामती कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न पाइने छैन । तर राजपत्र अनङ्कित पाँचौ श्रेणाीका अन्य पदबाट सम्पदान हुने काम सेवा करारबाट गराउनु सकिनेछ । नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका पद बाहेक राजपत्र अनङ्किक पाँचौँ श्रेणीको रिक्त पदमा स्थायी पदपूर्ति गरिने छैन र यसरी मुख्य कार्य गर्ने भनि तोकेका पद बाहेकका राजपत्र अनङ्कित पाँचौं श्रेणीका अन्य पदबाट सम्पदान हुने काम सेवा करारबाट गराउनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस