Like us!
Follow us!
Connect us!
Watch us!

महानगरका सार्वजनिक शौचालयमा कपडाको व्यापार, व्यवस्थित नहुँदा आमनागरिक समस्यामा

कमला भुसाल

शुक्रबार, १३ असार २०७६, १६ : १६ मा प्रकाशित

महानगरका सार्वजनिक शौचालयमा कपडाको व्यापार, व्यवस्थित नहुँदा आमनागरिक समस्यामा

कमला भुसाल

अर्थ संसार, काठमाडौं– उपत्यका तथा भिडभाड हुने शहरी क्षेत्रमा सार्वजनिक शौचालयको अति आवश्यक हुन्छ । तर, सौचालय भएर मात्रै पनि हुँदैन् । सौचालयमा पानि र सरसफाई नभएपछीे त्यसलाई प्रयोगमा ल्याउन पनि नसकिएको काठमाडौं महानगर भित्रका कतिपय शौचालयहरु छन् । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक शौचालय फोहार र अव्यवस्थित देखिएका ।

उपत्यकाभित्र व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आमनागरिकले दैनिक रूपमा समस्या भोगिरहनु परेको छ। महानगर भित्र ४५ वटा सार्वजनिक शौचालय छ । भएका शौचालयहरूको स्तरोन्नति हुन नसक्दा र नयाँ शौचालय नबन्दा पुरुषभन्दा महिलाहरू बढी सकसमा पर्ने गरेका छन् ।

महानगरभित्रका ४५ वटा शौचालयमध्ये प्रयोग गर्न सकिने १५ वटा मात्रै शौचालय रहेका छन् । बाँकी शौचालय भने पानी, सरसफाई  नभएका कारण प्रयोगमा ल्याउन सकिएको छैन । महानगर भित्र भएका सार्वजनिक शौचालय व्यवस्थापन गर्न नसकेको महानगरको भनाई छ ।

महानगरले सरफाईलाई पहिलो प्रथामिकतामा राखी काम गरेपनि सार्वजनिक शौचालय व्यवस्थापनमा भने ध्यान दिन नसकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता  ईश्वरमान डंगोलले जानकारी दिए ।

शहरका विभिन्न स्थानमा सार्वजनिक शौचालय आवश्यक रहेको उनले बताए । विभिन्न कामको लागि मानिसहरु टाढा–टाढाबाट आउने हुन्छन । भने कोही अशक्त हुन्छन् । त्यस्तो अवस्थामा मानिसलाई शौचालय जानुपर्ने भयो भने कतै शौचालय भेटिँदैन । कतै शौचालय भेटीएको खण्डमा पनि प्रयोग गर्न सकिने अवस्थामा हुँदैनन् । यसले गर्दा महानगरमै सार्वजनिक शौचालयको व्यवस्थापन नहुँदा आमनागरिकले दैनिक समस्या भोग्नुपरेको उनले बताए ।

महानगरमा सार्वजिनक शौचालय ४५ भएपनि पानी, बत्ति र सरसफाई गराउन  नसक्दा सार्वजनिक शौचालय प्रयोगमा ल्याउन नसकिएको प्रवक्ता  डंगोलले बताए । उनि भन्छन्, ‘शौचालय यात्रुहरुको भीडलाई केन्द्रविन्दुमा राखेर बनाइएको छ । भीड हुने स्थानहरुमा महानगरको कतिपय स्थानमा जग्गा छ । भने कतिपय स्थानमा छैन । नीजि जग्गाहरु किनेर शौचालय बनाउन महानगरले बजेट नै छुटटएर काम गर्नुपर्ने हुन्छ । तर, महानगर उक्त काम गर्न सकेको छैन् ।’

सार्वजनिक शौचालय व्यवस्थापनको एउटा छुटै समिति बनाएर व्यवस्थापन गर्ने योजना  छ । सञ्चालनमा आएका १५ शौचालयमा शुल्क लिन बसेका व्यक्तिहरुले डेरा जमाएका छन् । उनिहरुले शौचालयमा कपडा र अन्य सामान विक्रिमा राख्दै कब्जा जमाएका छन् । वार्षिक रुपमा पैंसा बुझाउने गर्छन् ।  १५ वटा शैचालयबाट वार्षिक रुपमा ९० लाख बरावरको रकम बुझ्दै आएको उनले बताए ।

महानगरले सार्वजनिक शौचालयलाई व्यवस्थापन गर्ने र ४५ वटा शैचालय थप्ने योजना बनाएको छ । भएका सबै शौचालयलाई प्रयोग गर्न मिल्ने बनाई  ४५ शौचालय निर्माण काम आगामी आर्थिक वर्षबाट सुरु गर्ने प्रवक्ता डंगोलले जानकारी दिए ।

रात्री बसमा धनगढीबाट काठमाडौं आएकी यात्रु रिता मगरातीले उपत्यकाभित्र व्यवस्थित शौचालय नहुँदा आफुले समस्या भोग्नुपरेको बताइन । धेरै यात्रुहरुको भीड हुने स्थानमा शौचालय नहुँदाको पिडा सम्बन्धित निकायले बुज्न नसकेको बताउँदै शौचालयको अभावले महिलालाई स्वास्थ्य अवस्थामा समेत असर पर्ने गरेको उनले बताइन् ।  

सवारी साधन चलाउने महिलाहरुको पिडा पनि उस्तै छ । माइक्रोबस चालक सिता भुजेल भन्छिन् जोरपाटीबाट  हिडेको माइक्रोको स्टेशन कंलकीमा छ  । जाम नहुँदा १ घण्टा लाग्ने स्थानमा जाम भएको समयमा २/३ घण्टा लाग्छ । कंलकीमा भएको सार्वजनिक शौचालय प्रयोग गर्नसक्ने अवस्थामा छैन । पानी र फोहोर अवस्थामा सार्वजनिक शौचालय भेटिन्छ्न् । पुन फर्किएर जोरपाटी स्टेसनमा आई निजि शौचालयमा जानुपर्ने बाध्यता छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको