Like us!
Follow us!
Connect us!
Watch us!

देवः विकास बैंक लि.को बनेपा शाखा तथा कुशादेवी शाखा कार्यालयहरु समुद्घाटन

मिलन खड्का

शनिबार, १४ असार २०७६, ११ : ५४ मा प्रकाशित

देवः विकास बैंक लि.को बनेपा शाखा तथा कुशादेवी शाखा कार्यालयहरु समुद्घाटन

अर्थ संसार, काठमाडौँ–देवः विकास बैंक लि.ले  बनेपा नगरपालिकाको बनेपा बजारमा आयोजित एक समारोह बीच बनेपा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री शिवराज श्रेष्ठज्यूले औपचारिक समुद्घाटन गर्नु भयो ।

बैंकका संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी श्री बज्र गुरुङ्गज्यूको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री विजय बहादुर श्रेष्ठज्यूले एक दशक अगाडी बनेपा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्न शुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधीलाई मध्यनजर गरी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरी सेवाग्राहीलाई सम्पूर्ण बैकिङ्ग सेवा सहित सेवा प्रदान गर्न शाखा कार्यालय सञ्चालन गरिएकोे जानकारी गराउनु भयो । सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री सुर कृष्ण श्रेष्ठज्यूले शुभकामना मन्तव्य दिनु हुँदै समग्र काभ्रे र आसपासका क्षेत्रको आर्थिक उत्पादकत्व बृद्धि गर्नका लागि देवः विकास बैंकको शाखाबाट सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो । मन्तव्यको क्रममा बनेपा नगरपालिका, वडा नंं ८ का वडा अध्यक्ष श्री दान बहादुर मानन्धरज्यूले महिला सशक्तिकरण र लघु तथा साना व्यवसायको विकासमा बैंकले लगानी केन्द्रित गर्नु पर्ने र यसका लागि स्थानीय निकाय सहकार्य  गर्न तयार रहेका बताउनु भयो । 

उदघाट्न कार्यक्रममा बिशेष मन्तव्य दिनु हुँदै प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, श्री शिवराज श्रेष्ठज्यूले उद्यमशीलताको विकास र निजी क्षेत्र मैत्री बैकिङ्ग प्रणालीका लागि सरकारी नीति र व्यवस्थाको बारेमा प्रकाश पार्नु हुँदै देशको आर्थिक बृद्धिदरलाई बृद्धि गर्न नेपाल राष्ट्र बैंकले गर्दै आएको गतिविधीका बारेमा चर्चा गर्नु भयो । निर्यातमुखी व्यवसायमा जोड दिनु हुँदै बैकिङ्ग सेवालाई गाउँ गाउँमा पु¥याउन सकेमात्र समग्र देशमा रोजगारका अवसरहरु सिर्जना भई देश समृद्ध हुने बिचार व्यक्त गर्नु भयो । 

यसै गरी आजै पनौति नगरपालिका, वढा नं ०२,  कुशादेवीमा आयोजित अर्को समारोहमा कुशादेवी शाखा कार्यालयको देवः विकास बैंक लि., संचालक समितिका अध्यक्ष, अवकाश प्राप्त उपरथी श्री बज्र गुरुङ्गज्यूले समुद्घाटन गर्नु भयो । कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री विजय बहादुर श्रेष्ठज्यूले ग्रामिण तथा पहाडी क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहँुच पु¥याउन र स्थानीय उत्पादकत्व बढाउन कुशादेवी शाखाबाट सहयोग पुग्ने बताउनु भयो । सोही अवसरमा पनौती नगरपालिका वडा नं. ०२ का वडा अध्यक्ष, श्री पूरुषोत्तम अधिकारीज्यूले यस क्षेत्रको मुख्य पेशाको रुपमा रहेको कृषि तथा पशुपालन व्यवसायलाई अझ परिष्कृत बनाउन बैंकले लगानी गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पनौती नगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष, श्री गुण नाथ सापकोटाज्यू र पनौती नगरपालिका, वडा नंं ०३ का वडा अध्यक्ष, श्री किशोर थापाज्यूले शुभकामना मन्तव्य दिनु हँुदै स्थानीयवासीको आर्थिक उन्नतिका लागि वडाबाट बिशेष कार्यत्रम संचालन गरी बैंकसँग सहकार्य गरी अगाडी बढ्ने जानकारी गराउनु भयो ।  

आज आयोजित दुवै कार्यक्रममा देवः विकास बैंक लि., संचालक समितिका सदस्य श्री विजयराज शर्मा भुसालज्यूले बैंकका गतिविधी माथी प्रकाश पार्नु भयो । 

सभापतिका आसनबाट संचालक समितिका अध्यक्ष श्री बज्र गुरुङ्गज्यूले स्थानीय निकायसँग हातेमालो गरी सेवाग्राहीलाई अधिकतम सेवा प्रदान गर्न बैंक तत्पर रहेका बताउनु भयो ।

कार्यक्रममा देवःविकास बैंक लि.का संचालक समितिका सदस्यज्यूहरु लगायत स्थानीय व्यवसायी, गृहणी,पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको