Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी र काबेलीको मर्जर सम्पन्न, एकीकृत कारोबार कहिलेदेखि?

सोमबार, १६ असार २०७६, १० : ५६ मा प्रकाशित

सप्तकोशी र काबेलीको मर्जर सम्पन्न, एकीकृत कारोबार कहिलेदेखि?

सप्तकोशी डेभलप्मेन्ट बैंक र काबेली विकास बैंकबीच एक आपसमा मर्जर  सम्पन्न भएको छ । सप्तकोशी डेभलप्मेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुने गरी मर्जर भएको हो ।

यी दुई कम्पनी एक आपसमा गाभिएर असार २२ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।
 एकीकृत कारोबारका लागि सम्पूर्ण व्यवस्था मिलाउन असार २० गते एक दिन दुवै बैंकका सम्पूर्ण कार्यालयहरु बन्द रहने छन् ।
 
काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले गत चैत २७ गते विशेष साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित थिए ।
मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल काबेली विकास बैंकको केन्द्रीय कार्यालय रहेको स्थान धनकुटा ७, धनकुटामा रहने भएको छ । यस्तै, कर्पोरेट कार्यालय हाल सप्तकोशी डेभलप्मेन्ट बैंकको कर्पोरेट कार्यालय रहेको स्थान विराटनगर महानगरपालिका–७, मोरङमा रहने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको