Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक नेपाल लिमिटेडले एकै साथ ६ शाखाहरुबाट कारोवार सुभारम्भ

मिलन खड्का

सोमबार, १६ असार २०७६, १६ : २७ मा प्रकाशित

जनता बैंक नेपाल लिमिटेडले एकै साथ ६ शाखाहरुबाट कारोवार सुभारम्भ

अर्थ संसार, काठमाडौं– देशको ग्रामिणतह सम्म बैकिङ्ग पहुँचपुर्याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरतादिइरहेको यस जनता बैंक नेपाललि मिटेडले आज एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यका बाहिरमा बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको हो ।

तौलिहवा शाखाको उद्घाटन संघीय संसदका माननीय सांसद  बृजेशकुमार गुप्ताले गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत  परशुरामकुंबर क्षेत्रीको समेत उपस्थिति रहेको उक्त समुद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले बैंकको बारेमा मन्तब्य राख्नुभएको थियो ।

यसैगरी काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर के.सी., बनस्थली खरिबोट शाखाको संचालक गौतम प्रसाद खनालले उद्घाटन गर्नुभयो भने थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर  घनश्याम गिरी र बैंकका संचालक बिनित कुमार अग्रवालबाट संयुक्त रुपमाउद्घाटन सम्पन्नभयो ।

साथै सेतो पुलधनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर  नृपबहादुर वड र बैकका चिफ बिजनेस अफिसर  कल्याण पाँडेले संयुक्त रुपमा र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष  युवराजजङ्ग राजभण्डारीले उद्घाटन गर्नुभयो । बाग्लुङ्ग शाखा उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यको उपस्थिति रहेको थियो ।

नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमीव्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा सहज र सरल रुपमा उपलब्ध गराइने छ ।

आज उद्घाटन भएकाशाखाहरु समेत जनता बैंकको शाखा संजाल पूर्वको मेची देखि पश्चिममहाकाली सम्मशहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १४१पुगेको छभने काठमाडौं उपत्यकामा २३ शाखा रहेकाछन् ।यस सगै जनता बैंक शाखा संजालको हिसाबले निजी क्षेत्रको बाणिज्य बैंकहरु मध्ये चौथो ठूलो बैंकको रुपमा स्थापितभएको छ भने समग्रमा सातौठूलो बाणिज्य बैंक बन्न सफलभएको छ । यिशाखाहरु अतिरिक्त बैंकले ५०शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सन काउन्टर तथा १०५ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पुर्याउदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको