अर्थ संसार, काठमाडौं– साताको तेस्रो दिन आज मंगलवार सुनको मूल्य रु पाँच सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको बुधबारदेखि ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैया घटेर आज रु ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी सोमबार ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज सोही मूल्यमा कारोबार भएको छ ।
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४५ रुपैयाँ कायम गरेको छ।
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६२६ रुपैयाँ कायम गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस