अर्थ संसार, काठमाडौँ- कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा भोलि बुधबार बिहान ब्राजिलले अर्जेन्टिनासँग खेल्नेछ । क्वाटरफाइनमा ब्राजिलले  टाईब्रेकरमा पराग्वेलाई हराएको थियो। तेस्तै अर्जेन्टिनाले भेनेजुएलालाई क्वाटरफाइनमा हराएको थियो।
दोश्रो सेमिफाइनलमा चिलिले पेरूसँग खेल्नेछ।क्वाटरफाइनमा कोलम्बियालाई हराउदै चिली सेमिफाइनलमा पुगेको हो।  तेस्तै उरुग्वेलाई हराउदै पेरू सेमिफाइनलमा पुगेको हो।  पेरू र चिली बिचको खेल पर्सी बिहिबार हुने छ।  
भोलि हुदैँ गरेको ब्राजिल र अर्जेन्टिना बीचको खेललाई विश्वकपको फ़ाइनल जसरी हेरिएको छ।  हाल सम्म यी दुई राष्ट्रले  एक अर्का सँग ११३ चोटी खेलेका छन् जसमा ब्राजिलले ४५ खेलमा जित हासिल गरेको छ भने अर्जेन्टिनाले ३९ खेलमा जित निकालेको छ , अरु खेल चाहिँ बराबरीमा रोकिएको छ।  
धेरै खेल विश्लेषकहरूका  अनुसार खेल ब्राजिलले जित्ने दाबी गरेका छन् ।  अर्जेन्टिना टोली पनि जसरी पनि जित निकाल्दै फाइनल प्रवेश गर्ने दाउमा छ। अर्जेन्टिना टोलीलाई आफ्नो स्टार खेलाडी  मेस्सी केन्द्रित खेल खेल्ने गरेको र ठूला टूर्नामेंटमा नतिजा राम्रो निकाल्न नसकेको दोष लाग्दै आएको छ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस