Like us!
Follow us!
Connect us!
Watch us!

चलेन मेस्सीको जादु, अर्जेन्टिनालाई हराउदै ब्राजिल पुग्यो फाईनलमा

मिलन खड्का

बुधबार, १८ असार २०७६, ०८ : ३५ मा प्रकाशित

चलेन मेस्सीको जादु, अर्जेन्टिनालाई हराउदै ब्राजिल पुग्यो फाईनलमा

अर्थ संसार, काठमाडौँ- कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा  ब्राजिलसँग अर्जेन्टिना हारेको छ  ।

ब्राजिलले अर्जेन्टिनालाई २-० को गोल अन्तरले हराएको हो । ब्राजिलको लागि पहिलो गोल ग्याबुरुल जिस्सले १९ औं मिनेटमा गरेको थिए भने दोस्रो गोल रोबर्टो फर्मिनोले ७१ औं मिनेटमा गरेका थिए । 

क्वाटरफाइनमा ब्राजिलले  टाईब्रेकरमा पराग्वेलाई हराएको थियो। तेस्तै अर्जेन्टिनाले भेनेजुएलालाई क्वाटरफाइनमा हराएको थियो।
दोश्रो सेमिफाइनलमा चिलिले पेरूसँग भोली बिहान  खेल्नेछ।क्वाटरफाइनमा कोलम्बियालाई हराउदै चिली सेमिफाइनलमा पुगेको हो।  तेस्तै उरुग्वेलाई हराउदै पेरू सेमिफाइनलमा पुगेको हो।  पेरू र चिली बिचको खेल पर्सी बिहिबार हुने छ।  

फेरी पनि एक पटक ठुलो टूर्नामेंटमा नतिजा राम्रो निकाल्न नसकेको दोष  लाग्दै आएको अर्जेन्टिनाको चोटमा अर्को घाऊ थपिएको छ।  फेरी एक पटक स्टार खेलाडी मेस्सी खाली हात फर्किनु परेको छ। उनलाई अर्जेन्टिना जर्सीमा राम्रो खेल्न नसकेको दोष लाग्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको