Like us!
Follow us!
Connect us!
Watch us!

कृषि, स्वास्थ्यलगायतको जानकारी नेपाल टेलिकममा

विहीबार, १९ असार २०७६, ११ : १३ मा प्रकाशित

कृषि, स्वास्थ्यलगायतको जानकारी नेपाल टेलिकममा

अर्थ संसार, काठमाडौं– नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँगको साझेदारीमा ‘एनटी सूचनाको संसार’ सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिकमले कल–इन सिस्टमबाट यो सेवा आइतवारदेखि सञ्चालनमा ल्याएको हो । यसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत्सम्बन्धी विभिन्न जानकारी निःशुल्क रूपमा लिन सकिन्छ ।

नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत ३२१०० मा फोन गरेर ध्वनि निर्देशन पालना गरी यो सेवा प्राप्त गर्न सकिन्छ । नेपाली भाषाबाट सूचना दिइने यो सेवाबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा अत्यावश्यक जानकारी उपलब्ध हुन्छ ।

सार्वजनिक सेवाका लागि आवश्यक विभिन्न जानकारी भियामोले विभिन्न विशेषज्ञहरूको सहयोगमा तयार पारेको हो । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञ संलग्न रहेको नेपाल टेलिकमले उल्लेख गरेको छ ।

सम्बन्धित जानकारी नेपाली भाषामा सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै लाभान्वित हुने अपेक्षा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको