Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकका ग्राहकलाई ओम हस्पिटमा विशेष अफर

विहीबार, १९ असार २०७६, १७ : ३१ मा प्रकाशित

जनता बैंकका ग्राहकलाई ओम हस्पिटमा विशेष अफर

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटलएण्ड रिसर्च सेन्टर, चाबहिलबिच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ ।

संझौता पत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक  सुरेश गौतमले हस्ताक्षर गर्नुभएको थियो । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्तअस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेशनमा प्रदान गरिने छ । उक्त छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको