Like us!
Follow us!
Connect us!
Watch us!

पाँचौं चेम्बर एक्स्पो २०२० हुने

अर्थ संसार

विहीबार, १९ असार २०७६, १८ : १८ मा प्रकाशित

पाँचौं चेम्बर एक्स्पो २०२० हुने

अर्थ संसार, काठमाडौं– आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीमार्ग काठमाण्डौंमा पाँचौं नेपाल चेम्बर एक्स्पो २०२० हुने भएको छ ।

नेपाल चेम्बर अफ कमर्शको आयोजना उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवापुग्ने विश्वास आयोजकले लिएको छ ।  

नेपाल भ्रमण वर्ष २०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताउनु भयो । ″झण्डै आधादर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने विषयमा कुराकानी भैरहेको छ । यसले हामीलाई व्यापार प्रवद्र्धन मात्रन भई पर्यटन प्रवद्र्धनमापनि सघाउ पुग्ने विश्वास लिएका छौं ।” बिहीबार श्रेष्ठले पत्रकार सम्मेलनमा भन्नु भयो ।

″निर्यात प्रवद्र्धन, वैदेशिकलगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य हो । पछिल्ला चार पटकसम्मको सफलतापुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफकमर्शले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ ।” चेम्बर अफकमर्शका मेला समिति संयोजक राष्ट्र भूषण चाकुबजीले भन्नु भयो ।

यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपालीउद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।

″यान्त्रिकतथाउपकरणको बृहतप्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीयउपकरण, फ्लोरिङ तथाफर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एकसेसरिज, मोबाइलतथाग्याजेट लगायतविधाकाउत्पादनतथा सेवाहरु आकर्षणका रुपमा रहने छन् । मेलाको व्यवस्थापनमापनिविशेष ध्यानदिइनेछ ।” मेलाको व्यवस्थापकइभेण्ट सोलुसनकाप्रबन्धनिर्देशकविजय सागर प्रधानले भन्नु भयो ।

मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् । जसमा  ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, चिन, थाइल्याण्ड, पाकिस्तान,बङ्गलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्स लगायत युरोपका मुलुकहरु तथा अन्यराष्ट्रहरुमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको