Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकले सुरु गर्यो अनलाइनबाटै आस्बा सेवा, घरमै बसेर सेयर आवेदन गर्न सकिने

मंगलबार, २५ माघ २०७३, १० : ४५ मा प्रकाशित

नेपाल एसबिआई बैंकले सुरु गर्यो अनलाइनबाटै आस्बा सेवा, घरमै बसेर सेयर आवेदन गर्न सकिने

अर्थ संसार
काठमाडौं–नेपाल एसबिआई बैंकले अनलाइन आस्बा र अनलाइन डिम्याट सेवाको सुरुआत गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले ती सेवाहरुको सुभारम्भ गरे । अनलाइन आस्बा बैंकले ग्राहकलाई धितोपत्र खरिदका लागि अनलाइनमार्फत आवदेन गर्न सकिने गरी विकास गरेको सुविधा हो ।

नेपाल एसबिआई बैंकको अनलाइन आस्बा सेवामा आवद्ध लगानीकर्ताले कुनै पनि कम्पनीको एफपिओ, आइपिओ र हकप्रद सार्वजनिक निष्काशनमा बैंकमा उपस्थित नभइ आवेदन गर्न सक्ने बैंकले जनाएको छ । नेपालएसबिआई बैंक अनलाइन आस्बा सेवा सञ्चालन गर्ने नेपालको पहिलो बैंक बनेको छ ।

अनलाइन आस्बा सेवाको सुरुवातसँगैं बैंकका ग्राहक÷लगानीकर्ताहरुले घरमै बसेर आवेदन सेयरमा आवेदन गर्न सक्नेछन् । यस अन्र्तगत ग्राहकको खाताको रकम रोक्का वा लियन राखेको वा त्यसको फुकुवा गरेको सूचना उत्पन्न गर्ने तथा सूचना स्वचालित रुपमा प्रदान गर्ने विशेषतासमेत छ ।

नेपालएसबिआई बैंकको अनलाइन डिम्याट सेवा बैंकले आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गसँगको सहकार्यमा विकास गरी सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले अनलाइन डिम्याट र अनलाइन आस्बालाई स्तरोन्नती गरी मोवाईल एम्प्लीकेसनको रुपमा विकास गर्ने योजना राखेको जनाएको छ ।

नेपालएसबिआई बैंकले आफ्नो ६२ शाखा कार्यालयहरु, ७ विस्तारित काउन्टर, ३ क्षेत्रीय कार्यालय, प्रधान कार्यालय समेत गरी ७३ व्यवसायिक इकाई, ९३ एटिएमलगायत २ नगद जम्मा गर्ने मेशिन २ मोवाईल एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको