Like us!
Follow us!
Connect us!
Watch us!

सिप्रदीको ५१औँ सर्भिस सेन्टर ग्वार्कोमा खुल्यो

अर्थ संसार

सोमबार, २३ असार २०७६, १८ : ४७ मा प्रकाशित

सिप्रदीको ५१औँ सर्भिस सेन्टर ग्वार्कोमा खुल्यो

अर्थ संसार, काठमाण्डा– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्वार्कोमा आफ्नो ५१औँ सर्भिस सेन्टरको समुद्घाटन गरेको छ ।

जयदेव ट्रेडिङ प्रा. लि सिप्रदीको ११औँ आधिकारिक सर्भिस सेन्टर हो। सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर (सिओओ  राजेशप्रसाद गिरी तथा जयदेव प्रा. लि. का संचालक  जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको समुद्घाटन गर्नुभयो।

उक्त अवसरमा बोल्दै दाहालले भन्नुभयो “सन् १९८२ मा स्थापना भएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरू मार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहदैँ आएको छ। हाम्रो सर्भिस टिमले २४सैँ घण्टा सेवा प्रदान गर्छ, र हामीलाई विश्वास छ कि यसले टाटा मोर्टसका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूलाई आत्म विश्वास दिन्छ।”

त्यसैगरी सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर-सिओओ  राजेशप्रसाद गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोबारे जोड दिँदै भन्नुभयो“कुनै ग्राहकले टाटाका उत्पादनहरू किन्छ भने उसले सेवाहरू प्राप्त गर्ने अधिकार पनि सँगै प्राप्तगर्दछ र ती सेवाहरू प्रदान गर्ने कम्पनीको दायित्वहो, र सिप्रदीमाहामी यो सुनिश्चितगर्दछौँ किहाम्राग्राहकहरुले सो अधिकार प्राप्त गर्नु हुन्छ। हाम्रासेवाहरू र ५१औँ सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्घतादेखाउछ।”

जयदेव ट्रेडिङ प्रा. लिले.पिकअप गाडीहरू, सानाकमर्सियल भेइकलहरू र प्यानलभ्यानहरूलाई विशेष सेवाहरू प्रदान गर्नेछ।

सिप्रदीकाबारेमा

देशकै ठूलो र सबैभन्दा प्रतिष्ठित मध्येको एक ब्राण्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ। ३७बर्षभन्दालामो समयदेखि यो व्यवसायमा संलग्नसिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ र अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथाइक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमाव्यवसायबिस्तार गरिरहेको छ ।

करिब ७५० भन्दा कर्मचारीहरू तथा ६५० सपोर्ट स्टाफहरू ब्राण्ड भ्यालुको समग्र विकाससँगै एउटै साझा उद्देश्य अर्थात गुणस्तरीय सेवाहरू र उत्पादनहरू प्रदान गर्नमा कार्यरत छन् । सिप्रदी टेड्रिङ्ग प्रा. लि. सन् १९८२ देखि नेपालकालागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक कम्पनीहो र आईइसओ ९००१–२०१५ प्रमाणित कम्पनी पनि हो ।

टाटा मोर्टसका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्री वितरणमा सिप्रदी आबद्ध छ। सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ।

5d233f9fd16bb.jpeg 5d233fb03715c.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको