अर्थ संसार, काठमाडौं–  प्रभु लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । 
होटल याक एण्ट यति, दरबारमार्गमा भएको वार्षिक साधारणले वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४\७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत, आर्थिक वर्ष २९७५\७६ को लखापरिक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ ।
त्यसै गरी  कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य नियमननकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्नेसंचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस