लगानीकर्ताको पर्खाइमा रहेको सबैको लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधबारदेखि बजारमा
अर्थ संसार, काठमाडौं– सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ३० हजार कित्ता आईपीओ साउन १ गते अर्थात बुधबारदेखि निस्कासन हुने भएको छ । लघुवित्तले रु १०० अंकित दरका ५ लाख ३० हजार कित्ता सेयरको आईपीओ निस्कासन गर्न लागेको हो ।
कुल निस्कासन गर्न लागिएको आईपीओमध्ये ८ हजार २५० कित्ता सेयर कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले चाँडोमा साउन ५ गते र ढिलामा साउन ३० गतेसम्म आवेदन दिन पाउने छन् ।
कम्पनीको आईपीओ निस्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । आइपिओ खरिदका लागि  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि– आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस