Like us!
Follow us!
Connect us!
Watch us!

शैक्षिक छात्रवृत्ति स्थापनाका लागि ग्लोबल आइएमई बैंकको सहयोग

मिलन खड्का

मंगलबार, ०७ साउन २०७६, १६ : ३९ मा प्रकाशित

शैक्षिक छात्रवृत्ति स्थापनाका लागि ग्लोबल आइएमई बैंकको सहयोग

अर्थ संसार, काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृति कोष स्थापनार्थ रु २ लाख सहयोग गरेको छ । 

सोमबार आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक आरती राणाले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 

उक्त कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक राणाले देशको आर्थिक तथा सामाजिक विकासमा शिक्षाको योगदानको चर्चा गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कामले समाजलाई प्रत्यक्ष फाइदा पुगेकोे बताउनुभयो । 
उहाँले यस्ता सामाजिक कार्यले बैंकलाई जनतामाझ पु¥याउन सहयोग पुगेको बताउँदै उग्रचण्डी नाला समाजलाई सहयोग गर्न पाएकोमा खुशीसमेत व्यक्त गर्नुभयो । 

उग्रचण्डी नाला समाजका अध्यक्ष श्रेष्ठले बैंकबाट प्राप्त रकमबाट शैक्षिक छात्रवृत्ति कोषको स्थापनामा प्रयोग गरिने र त्यसबाट प्राप्त व्याज रकमबाट चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिकरुपमा छात्रवृत्ति प्रदान गरिने जानकारी गराउनुभयो ।
बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको