अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले दार्चुला शाखाको बिहीबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाबाट बिहीबार समुद्घाटन सु–सम्पन्न भएको छ । 
समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट  भाष्कर सिह लालाज्यूको अध्यक्षतामा सम्पन्न उक्त क्रार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखज्यूहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो । हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा सुविधाको थालनी गरेको बंकले जनाएको छ । 
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ  ।
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस