अर्थ संसार, काठमाडौं– सबैको लघुवित्त वित्तीय संस्थाले साउन १ गतेदेखि ५ गतेसम्म बिक्री गरेको साधारण शेयर आइपीओ शुक्रबार बाँडफाँट  भएको छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको  कार्यलयमा आइपीओ बाँडफाँट  भएको हो ।  बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको अनुसार ७३८ जना आवेदकमध्ये ४९ हजार ५२५ जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले शेयर दिइएको हो । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।
 
लद्युवित्तले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।  यसमध्ये ०.५ प्रतिशत कम्पनीका कर्मचारी र ५  प्रतिशत शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
आइपिओ रिजल्ट 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस