Like us!
Follow us!
Connect us!
Watch us!

यतीको पाँचौँ एटीआर विमान भित्रियो

शनिबार, ११ साउन २०७६, १९ : २७ मा प्रकाशित

यतीको पाँचौँ एटीआर विमान भित्रियो

अर्थ संसार, काठमाडौं -निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान भित्र्याएको छ ।

कलसाइन नाइन एन एएनजी विमान थाइल्याण्डको राजधानी बैंककबाट उडेर आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने लक्ष्यका साथ यतीले विमान थपेको हो ।  उक्त लक्ष्य हासिल गर्न थपिएका विमानले सहयोग पुग्ने एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले बताउनुभयो ।     नयाँ एटीआर फ्रान्सेली–इटालियन कन्सोर्टियमद्वारा निर्मित ट्वीन इञ्जिन टर्बोप्रोप विमान हो । 

सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् । कम्पनीले विभिन्न नौ गन्तव्यमा उडान भर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको