Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा बजार : अनिवार्य रहेको मोटर बीमाको हिस्सा ३० प्रतिशत, अन्य क्षेत्रको कति ?

अर्थ संसार

मंगलबार, १६ असार २०८३, १२ : ३० मा प्रकाशित

निर्जीवन बीमा बजार : अनिवार्य रहेको मोटर बीमाको हिस्सा ३० प्रतिशत, अन्य क्षेत्रको कति ?

निर्जीवन बीमाको कुल व्यवसायको ३० प्रतिशत भन्दा बढी हिस्सा मोटर बीमाले ओगटेको छ । बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार कुल बीमाको ३०.२५ प्रतिशत हिस्सा मोटर बीमाले ओगटेको हो । 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँको बीका शुल्क आर्जन गरेका छन् । त्यसमध्ये मोटर बीमा बाट मात्रै कम्पनीहरुले १३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३१ लाख ६ हजार ६२२ वटा बीमालेख जारी गरेका छन् । त्यसमध्ये मोटर बीमालेख मात्रै १५ लाख १२ हजार ५६६ वटा जारी भएका छन् । पछिल्लो समय सवारी साधानको प्रयोग बढेको तथा सरकारले पनि मोटर बीमा अनिवार्य गरेकाले यसको हिस्सा बढेको देखिएको हो । 

तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्मको अवधिमा बीमा लेखका आधारमा सम्पत्ति बीमा लेखको व्यवसाय दोस्रो नम्बरमा रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले ४ लाख १७ हजार ६८० वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् । उक्त बीमालेख बिक्री बाट कम्पनीहरुले कुल १० अर्ब ७७ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । तथ्यांकअनुसार इन्जिनियर तथा ठेक्का जोखा बीमालेखबाट निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६३ करोड १७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । यो शिर्षकमा कम्पनीहरुले ३१ हजार ४७४ वटा बीमा पोलिसी बिक्री गरी उक्त रकम बराबरको व्यवसाय गरेका छन् । 

जेठ मसान्तसम्ममा कम्पनीहरुले विविध बीमालेख मार्फत ४ अर्ब ५५ करोड ८१ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले यो बीमालेख अन्तर्गत १ लाख ५६ हजार २५७ वटा बीमालेख बिक्री गरेका छन् ।  जेठ महिनासम्ममा सामून्द्रिक बीमालेखमा ३ लाख ७६ हजार २८९ वटा बीमालेख मार्फत २ अर्ब ८० करोड ४० लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् । 

यता, ११ महिनाको अवधिमा कम्पनीहरुले हवाई बीमालेख मार्फत २२२ वटा बीमालेख बिक्री गरेका छन् । उक्त बीमालेख मार्फत कम्पनीले कुल २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको देखिन्छ । कृषि तथा बाली बीमालेख मार्फत १ लाख ४६ हजार ८०४ वटा बीमालेख बिक्री गरी कुल १ अर्ब ५३ करोड ७३ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन् भने सबैभन्दा कम लघुबीमा मार्फत बीमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले लघू बीमालेख मार्फत १ अर्ब २० करोड ८९ लाख रुपैयाँ आम्दानी गरेका छन् । यो बीमालेखमा कम्पनीले ४ लाख ६५ हजार ३३० वटा बीमालेख जारी गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको