Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नु भयो ’हजार जुनीसम्म’ को ट्रेलर

मिलन खड्का

आइतबार, १२ साउन २०७६, ०८ : १८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– आउँदो साउन ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ’हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाइएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका अधिकाँस कलाकारहरु फिचर्ड छन् ।


आर्यन सिग्देललाई ट्रेलरमा दुइ गेटअपमा देख्न सकिन्छ भने उनले ’हजार जुनीसम्म’ पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा फिल्म केन्द्रित छ । ट्रेलरमा स्वस्तिमा खड्का , सलोन बस्नेत , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान र अनुभव रेग्मी पनि फिचर्ड छन् । नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । कार्यक्रममा सम्पूर्ण कलाकार उपस्थित भएता पनि निर्देशक आचार्य भने उपस्थित थिएनन् । पछिल्लो समय अस्वस्थ भएपछी चिकित्सकको सल्लाह अनुसार उनि भिडभाडमा नदेखिएका हुन् । उनको प्रतिनिधित्व गर्दै पटकथाकार सामिप्यले यो पूर्ण रुपमा फ्याम्ली ड्रामा भएको बताए । ’हामीले स्टारडमको आधारमा भन्दा पनि कथानुसार फिल्मको लागि कास्ट गरेका छौ’ उनले भने । उनका अनुसार फिल्म पूर्ण रुपमा पारिवारिक छ र यसले हाम्रै वरपरको कथालाई वाचन गरेको छ ।

कार्यक्रममा उपस्थित आर्यनले यसले नेपालको सुन्दरतालाई पनि समेटेको बताए । ’हामीले पोखराबाट सुरु गरेको छायाँकन सिक्किमसम्म पुगेको छ त्यसैले यसले हाम्रो सुन्दरतालाई समेटेको छ’ उनले भने ’यो फिल्मको रोल मैले गरिरहेको जस्तै भए पनि प्रस्तुतिका हिसाबले फरक छ ।’ उनले आफु भन्दा २० वर्ष बढी उमेर देखिँदा केहि कठिनाइ भएको बताए । यसैगरी स्वस्तिमाले पनि फिल्मले दर्शकको मन छुने बताइन । गत वर्षकी नेशनल अवार्ड विनर अभिनेत्रीले फिल्मले पारिवारिक कथालाई समेटेको बताइन । यसैगरी सलोनले आर्यनको अभिनयले आफुलाई ज्यादै नै प्रभावित बनाएको बताए । यसै फिल्म मार्फत डेब्यु गर्न लागेका नव कलाकार अखिलेसले आफुले सक्दो मेहनत गरेको प्रस्ट्याए । चाइल्ड स्टार अनुभवले नाई नभन्नु ल सिरिज भन्दा बाहिर रहेर काम गर्दा छुटै अनुभव भएको बताए । ’यसले माया प्राप्तिको कथालाई देखाउछ’ उनले भने । ट्रेलर रिलिजमा कार्यकारी निर्मात्री कविता रेग्मीले फिल्म विना सम्झौता तयार परिएको बताइन । फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् ।

आर्यन सिग्देल:फिल्मले मायाकै कथा भन्छ र मेरो क्यारेक्टर प्रेमी नै हो तर प्रस्तुतीकरणका हिसाबले यो फरक छ । फिल्मे पारिवारिक कथा त भन्छ नै साथै नेपालको सुन्दरतालाई पनि देखाउछ । हामीले पोखराबाट फिल्म खिच्दै सिक्किमसम्म पुगेका छौ , जस क्रममा धेरै शुटिंग गर्यौ । फ्यामिली ड्रामा र लभ स्टोरी रुचाउने दर्शकलाई यसले निराश बनाउदैन । 

स्वस्तिमा खड्का : यो फिल्ममा मैले निर्वाह गरेको भूमिका त सामान्य नै छ त यसले मन छुन्छ । नेशनल अवार्ड विनरले खेलेको फिल्म भन्न सुहाउछ । यसमा मैले चुलबुले क्यारेक्टर नै गरेको छु , जुन ट्रेलरमा नै देखिएको छ । फिल्मले परिवार र मायाको महत्वलाई बुझाउछ नै । ट्रेलर मन परेका दर्शकलाई फिल्मले निराश बनाउदैन । 

सामिप्यराज तिमिल्सेना :हामीले एउटा पूर्ण रुपमा पारिवारिक प्रेम कथामा आधारित फिल्म बनाउ भनेर थालेका थियौ । कथामा सिर्जित क्यारेक्टर अनुसारकै कास्ट गरेका छौ । फिल्म हेरिरहदा परिवारसँग अप्ठेरो मान्नु त पर्दैन नै कहिँ कतै तपाइँलाई मायाको आभाष गराउछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको