Like us!
Follow us!
Connect us!
Watch us!

ठूला सवारीलाई उपत्यका प्रवेशमा रोक, चन्द्रागिरीमा छुट्टै पार्किङ स्थल बनाइने

मिलन खड्का

आइतबार, १२ साउन २०७६, ११ : १९ मा प्रकाशित

ठूला सवारीलाई उपत्यका प्रवेशमा रोक, चन्द्रागिरीमा छुट्टै पार्किङ स्थल बनाइने

अर्थ संसार, काठमाडौं– काठमाडौं उपत्यकाको  बढ्दो ट्राफिक जामलाई  न्यूनीकरण र सहजिकरण गर्ने हिसाबले ठूला मालवाहक सवारी साधनका लागि छुटै पार्किङ स्थल बनाईने भएको छ । यसको लागि राजधानीको चन्द्रागिरीको कुनै खुल्ला  स्थान छनोट गरी ठुला  मालवाहक ट्रक, टिपर लगायतका सवारी साधनहरुलाई व्यवस्थित  पार्किङ स्थल बनाईने भएको हो ।

पार्किङ स्थल बनाउने मुल उदेश्य भनेकै राजधानीको भद्रगोल  ट्राफिकलाई  सहज र सरल यातायात व्यस्थापन गर्न र राजधानीको  चापलाई कम गर्ने रहेको छ । बाटोमा ठूला सवारी साधनले राजधानीको ट्राफिक व्यवस्थापनलाई असहज पुयाई सवारी आगमनमा असर पुग्दै आईरहेको र ठूला मालवाहक सवारी साधनलाई बाटोमानै रोक्नु पर्दा जामको समस्या भएको, ठुला सवारी साधनहरु रोक्न र पार्किङ स्थलका अभाव भएको भन्दै ठुला मालवाहक सवारी साधनका लागि छुटै पार्किङ स्थल बनाउन पनि सरोकारवाला निकायले ध्यानकर्षण गराएका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्थले राजधानीको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन र ठूला मालवाहक सवारी साधनलाई बेलुका ८ वजे सम्म होल्ड गर्न चन्द्रागिरीमा रहेको खुला स्थान पहिचान गर्न लागिएको बताए ।

महाशाखाका प्रमुख पन्थले भने, ‘‘राजधानी छिर्ने मुख्य नाकामा ठूला मालवाहाक सवारी साधनहरुले गर्दा ट्राफिक व्यवस्था असहज वनाएको छ, छिट्टै नै चन्द्रागिरी नगरपालिकाको सहकार्यमा ठूला मालवाहक सवारी साधनहरुलाई पार्किङको लागि उचित स्थान छनौट गर्दै छौ र राजधानीमा जाम समस्या यसले केहि भए पनि न्यूनीकरणमा योग्दान पुग्ने छ ।’’

सरकारले पनि राजधानी भित्रने मुख्य नाका वरपर मालवाहाक सवारी साधन पार्किङ गर्न उचित स्थान छनोट गरि ट्राफिक व्यवस्थापनका साथै दिर्घकालिन जाम समस्या समाधान गर्न पहल गर्नु पर्ने आवश्यकता रहेको सरोकारवालाहरुले जोड दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको