Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबीले ल्यायो म्युचुअल फण्ड ‘एनएमबी–५०’, यस्ता छन् फण्डका विशेषताहरु

अर्थ संसार

आइतबार, १२ साउन २०७६, १९ : ०४ मा प्रकाशित

एनएमबीले ल्यायो  म्युचुअल फण्ड  ‘एनएमबी–५०’, यस्ता छन् फण्डका विशेषताहरु

अर्थ संसार, काठमाडौं–  एनएमबी क्यापिटल लिमिटेडले तेस्रो म्युचुअल फण्ड ‘एनएमबी–५०’ आइतबार सार्वजनिक गरेको छ ।

विगत ५ वर्षदेखि म्युचुअल फण्डको सपल व्यवस्थापनको अनुभव बोकेको एनएमबि क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारको विद्यमान अवस्था, यसको प्रवृत्ति र प्रकृति तथा बजार संरचनाको गहिरो अध्ययन अनुसन्धान तथा विश्लेषण गरी लगानीकर्ताको माझमा नयाँ योजनाको रुपमा ‘एनएमबी–५०’  ल्याएको हो ।

एनएमबी क्यापिटलका सञ्चालक समिति अध्यक्ष पशुपति मुरारकाले हामीले पहिला ल्याएको फण्डहरुमा जस्तै यस ‘एनएमबी–५०’  फण्डका लगानीकर्ताले पनि राम्रो प्रतिफल पाउने बताए ।

लगानीकर्ताले ढुक्का भएर ‘एनएमबी–५०’ मा लगानी गर्दा आफ्नो लगानी सुरक्षित हुनेमा अध्यक्ष मुरारकाले दाबी गरे । यो म्युचुल फन्ड नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वटा कम्पनीको शेयरहरुमा मात्र केन्द्रित हुनेछ  ।

यो म्युचुअल फन्डको प्रतिइकाई मूल्य रु.१० अंकित १२ करोड इकाइ आइतबार  (साउन १३ गते) बाट बिक्री खुला हुनेछ । जसमध्ये न्यूनतम १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाई संख्याको १४ प्रतिशत इकाई कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ ।

बाँकी न्यूनतम १० करोड बीस लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ ।छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेभित्र यो स्किममा लगानीका लागि आवेदन दिनुपर्नेछ ।

‘एनएमबी–५०’ मा किन लगानी गर्ने ?

  • योजनाको लगानी ५० सर्वश्रेष्ठ प्रदर्शन गर्ने शेयरहरुमा केन्द्रित रहने भएकाले ।

  • एनएमबि ५० अहिलेको घट्दो बजारमा पनि उत्कृष्ट देखिएका कम्पनीका शेयरहरुमा लगानी गर्ने भएकाले ।

  • उचच प्रतिफल हासिल गर्ने उद्देश्य तथा ग्रोत स्किमको प्रकृति रहेको यस उनएमबि ५० को अधिकांश लगानी पूँजी लाभको संभावन देखिएका इक्विटीमा रहने भएकाले ।

  • विगत ५ वर्षको सफल म्युचुअल फण्ड व्यवस्थापन गर्ने अनुभव बोकेको एनएमबि क्यापिटलको दक्ष व्यवस्थापन, व्यवसायीक दुरदृष्टि र अनुभवी योजना व्यवस्थापक टोलीद्धारा प्रवद्धित भएकाले ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१ र एनएमबि हाइब्रिड फण्ड एल –१ ले इकाईधनीलाई १५ % र १० % प्रतिफल वितरण गर्ने 

5d3da68fd73c7.jpg 5d3da694d920f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको