Like us!
Follow us!
Connect us!
Watch us!

काश्मिरमा १० हजार थप सैनिक तैनाद

मिलन खड्का

आइतबार, १२ साउन २०७६, १९ : २५ मा प्रकाशित

काश्मिरमा १० हजार थप सैनिक तैनाद

अर्थ संसार, काठमाडौं– गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाद गरिएपछि स्थानीय त्रसित बनेका काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ । यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिका अनुसार भएको जनाइएको छ ।

भारतले मुसलमान समुदायको बहुमत भएको उक्त हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तानबीच भएको विभाजित बनेपछि उक्त क्षेत्रमा करिब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ ।
काश्मिर क्षेत्रमा पछिल्ला बर्षहरूमा विद्रोहीहरूका गतिविधि बढेको भारतीय बुझाई छ भने भारतको सर्वोच्च अदालतले गत बर्ष काश्मिरसम्बन्धी एउटा मुद्दामा सुनुवाई शुरू गरेपछि स्थानीयहरूमा उनीहरूमा निहित विशेषाधिकार गुम्नसक्ने त्रास बढेको बताइएको छ ।

अधिकारीले भनेका छन्, “सैनिक दस्ताको तैनादी गत बर्षदेखि निर्वाचनका लागि खटिएका सैनिक अधिकारीलाई आराम दिन र बार्षिक रूपमा हुने हिन्दू तीर्थयात्रीको सुरक्षाका लागि भएको हो ।” उक्त स्थानमा २० हजार सैनिकहरू तैनाद गर्ने योजना सरकारको रहेको बताइएको छ । 

“सैनिकहरूले लगातार सात महिनादेखि उक्त क्षेत्रमा निरन्तर काम गरिरहेका, केही विदामा घरमा जान चाहेका र केहीलाई तालिममा खटाइएकाले सीमा क्षेत्रमा सुरक्षाको प्रत्याभूत गराईराख्न १० हजार सैनिक अधिकारी तैनाद गरिएको हो,” प्रहरी महानिर्देशक दिलबाग सिंहले बताउनुभयो । 

“नियमित सेवाका लागि उक्त स्थानबाट २०० कम्पनी (२० हजार सैनिक) माग भएकाले थप केही जाने तयारी रहेको छ ।”

तर एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भन्नुभयोे, “यस क्षेत्रमा सम्भावित विरोध तथा आन्दोलनका कार्यक्रम हुनसक्ने सूचनाका आधारमा थप सैनिकको तैनादी गरिएको हो ।” तर उहाँले यसबारेमा बिस्तृत विवरण दिनुभएन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको