अर्थ संसार, काठमाडौं– राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई दिएको निर्देशन अनुसार ग्लोबल आइएमई र जनता बैंक नेपालबीच मर्ज गर्ने सहमति गरेर राष्ट्र बैंकमा पुगे। बिहेको लगन गाठो नै बाध्ने तय गरेपनि दुबैलाई हतार मा पो माया गरिएछ भन्ने पछुतो हुने थालेको छ । 
मर्ज गर्ने सहमती गरेको दिन देखि नै जनता बैंकका कर्मचारीहरु आफ्ना संचालक र सिइओ प्रति रुष्ट छन । कर्मचारीले पनि मर्जरमा जान नहुने भन्दै दबाब दिन सुरु गरिसकेका छन ।  नाम नखुलाउने शर्तमा एक कर्मचारीको अनुसार सिइओले आफ्नो जागिर पकाएर आफूहरुको जागिर चाँही धरापमा परेको बताउछन।  
जनता बैंकका सरोकारवालाहरुले पनि  बैंकको संचालकको पछिलो सहमति प्रति खुशी छैनन । आफ्नो जनता बैंकको कुनै अस्तित्व नै नहुने गरी गरिएको बैंकलाई नै पत्तन गर्ने निर्णय आफुहरुलाई कति पनि समर्थन नहुने बताउछन एक सस्थापक शेयर होल्डर । 
मौद्रिक नीतिमा विग मर्जरको बाध्यकारी व्यवस्था नगरिएपछि बैंकहरु त्यो बाटो त्यागेर ऋणपत्र निष्कासन गर्ने बाटोमा हिंडेका छन। नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरु मर्जरको बाटो त्यागेर ऋणपत्र जारी गर्ने तर्फ होमिएका छन । जसले गर्दा हतारमा लतार नै गरियो भन्ने निस्कषमा पुगेका छन जनता बैंकका संचालकहरु । आँफैले गरेको सहमती भएकोले यस्को बिरूद्ध बोल्न पनि नसक्ने र कर्मचारीको दबाब पनि झेल्न नसक्ने दुबिधामा परेकोको बताउछन एक सञ्चालक।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस