Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको खुद नाफा बढेर ६ करोड १४ लाख

बुधबार, १५ साउन २०७६, ०८ : ३४ मा प्रकाशित

मिर्मिरे लघुवित्तको  खुद नाफा बढेर ६ करोड १४ लाख

अर्थ संसार, काठमाडौं-  मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रमासको रिपोर्ट सार्वजनिक गरेको छ । संस्थाले  आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म  ६ करोड १४ लाख ८४ हजार रुपैयाँ कमाएको छ । संस्थाले अघिल्लो वर्ष सोही अवधिमा  २ करोड ९७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
मिर्मिरेको खुद ब्याज आम्दानी ७१.८७  प्रतिशतले बढेको छ । साथै, सञ्चालन नाफा १३१।४७ प्रतिशतले बढेको छ । यसको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ४५ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी भने ३ रुपैयाँ ९६ पैसाले घटेर ४७ रुपैयाँ ७४ पैसामा आइपुगेको छ ।
 
यी कम्पनी आपसमा गाभिएपछि चुक्ता पुँजी ३८ करोड ६२ लाख ६३ हजार ६९० रुपैयाँ हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको